नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्ने परिषद्को घोषणा

नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्ने परिषद्को घोषणा


काठमाडौं । हिन्दु परिषद नेपालले नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतबार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले यस्तो घोषणा गरेको हो । परिषद् अध्यक्ष सन्तोष पटेलले नेपाललाई हिन्द राष्ट्र बनाएरै छाड्ने दावी गरेका हुन् ।

कुनैै पनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउने खेल भईरहेको भन्दै उनले अब नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका हुन् । आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गर्नुपर्नेमा उनले जोड दिए ।

हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन नसकिने भन्दै भने, ‘हामी कोही पनि हिन्दुको भावना माथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजावादीसँग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’

पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्म सम्बन्धी गतिविधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातको वीचको विभेद हटाउनुपर्ने धारणा राखे ।

उनले हिन्दुभित्रै जातको विभेदमा बाँचेकाहरुनै आज आफ्नो धर्म त्यागेर अरु बाह्यधर्म अंगाल्नपुगेको आरोप लगाए । ‘कुनैपनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्न सक्नुपर्छ’ उनले भने ।

नेपालको संविधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाईने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दु विहिन बनाउन लाग्दा पनि सरकारको त्यतातर्फ ध्यान दिन नसकेको आपत्ति जनाए ।

Logo