#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32642703990772757761424074317
नेपाल706144591828951866

दुर्गा प्रसाईंलाई जेल हाल्न युवा संघको माग

धादिङ

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले नेपाली चेलीहरुको अस्मिता माथि धावा बोल्ने ब्यवसायी दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरि कारवाही गर्न सरकारसँग माग गरेका छन् । युवा संघ र वाईसीएल धादिङले सिद्धलेक गाउँपालिकाको परेवाटारमा गरेको सामुहिक धान रोपाइँमा बोल्दै पौडेलले बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली चेलीहरु माथि लाञ्छना लगाएकाले तत्काल पक्रेर कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

धान रोपाइँ कार्यक्रम सुरु गर्नु अघि बोल्दै पौडेलले भने, ‘दुर्गा प्रसाईकै भनार्इलार्इ आधार मानेर कानुनमन्त्रीले उही कुरा बोल्दा राजीनामा गर्नुपर्ने अनि प्रसाईंलाई चाहिँ छुट दिने ?’ पदीय मर्यादा भुलेर कानुनमन्त्रीले बोल्दा नैतिकताका आधारमा राजीनामा दिएकाले उनलाई धन्यवाद समेत दिए । कार्यक्रममा बोल्दै पौडेलले कुनै पनि एजेण्डा नभएपछि कांग्रेसले गोविन्द केसीको अनशनलाई लिएर आन्दोलन गरेको आरोप लगाए । ‘जनताले गएको निर्वाचनमा नेपाली कांग्रेसलार्इ आफ्नो औकात देखाइदिए’, पौडेलले भने, ‘सत्ता बाहिर बस्नु परेकाले कांग्रेस अहिले छट्पटिएको छ । सरकारको विरोध गर्ने कुनै एजेण्डा नभेटेपछि गोविन्द केसीलाई प्रयोग गरिएको हो ।’
अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु