बाँदर समात्न खोटाङ आइपुगेका भारतीय सिकारीलाई फूलमाला सहित स्वागत

बाँदर समात्न खोटाङ आइपुगेका भारतीय सिकारीलाई फूलमाला सहित स्वागत


खोटाङ

बाँदर समात्न भारतको उत्तरप्रदेशबाट खोटाङ झिकाइएका सिकारीलाई स्थानीयले स्वागत गरेका छन् । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समात्न भारतको खुसीनगरबाट आएका नौ जना सिकारीलाई शुक्रबार दिक्तेलमा सम्मान गरिएको हो ।

खेतबारीका बालीनाली नष्ट पारेर किसानलाई दुःख दिने बाँदरलाई खोर तथा जालमा पारी समातेर निकुञ्जमा पुर्‍याउन बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय सिकारी खोटाङ झिकाइएको हो ।

गत माघ २१ गते नै आइपुगेका दुई भारतीय सिकारीले शुक्रबार आफ्ना थप सात सदस्य झिकाएको समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। उनीहरूलाई बाँदर समातेबापत पारिश्रमिकको व्यवस्था गरिएको उनले बताए ।
नागरिकबाट

Logo