#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30907255959639743479822512818
नेपाल627974011712945267

रसुवामा भिषण पहिरो पछि ७ जना बेपत्ता : पहिरोले प्रहरी चौकी समेत बगायो

रसुवा

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पहिरोमा परी दुई घर पुरिएका छन् । पुरिएको घरमा ७ जना फसेका हुन सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । घाइतेहरुको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरोका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ । 

तस्विर : नागरिकबाट

सम्बन्धित समाचारहरु