क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि


धरान

वि.सं ०५८ पछि पहिलोपटक बुढासुब्बा गोल्डकपमा फाइनलमा पुगेको आयोजक धरान फुटबल क्लब फेरि डफिन्स क्यामरुनसँग रोकिएको छ । इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन । मनकामना गोल्डकपको विजेता क्यामरुनले यो सिजनमा नेपालबाट फेरि अर्को बुढासुब्बा गोल्डकपको उपाधि थपेको छ ।

शनिबार सम्पन्न फाइलनमा धरानलाई टाइब्रेकरमा ३–२ को अन्तरले रोक्दै उपाधि हात पारेको हो । उपाधिसँगै उसले नगद आठ लाख हात पारेको छ । उपविजेता धरान फुटबल क्लबले नगद चार लाख हात पारेको छ । जितका लागि क्यामरुनका जो एङ्गोला, पेटाङ्गा, यान्यिक अवनरले गोल गरेका थिए । यता आयोजकका तर्फबाट प्रकाश बुढाथोकी र दोर्जे तामाङले गोल गरे ।

उपविजेता बनेको आयोजकले व्यक्तिगत पुरस्कार भने बढी जितेको छ । आयोजकबाट बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्टाइगर, बेष्ट खेलाडी र म्यान अफ दी म्याच धरानले जितेको छ । उनीहरुले २५/२५ हजार नगद हात पारे । बेष्ट किपर र हाइस्कोर क्यामरुनले पाएको छ । विजेता टिम तथा खेलाडीलाई प्रदेश नं १ का मुख्यमन्त्री, शेरधन राईले वितरण गर्नुभएको छ । समापन कार्यक्रममा मुख्यमन्त्री राईले धरानलाई फुटबलको राजधानी बनाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रदेश सरकारले गर्ने बताउनुभयो ।
रासस

Logo