राजधानीमा भूकम्पको शक्तिशाली झड्का महशुस

राजधानीमा भूकम्पको शक्तिशाली झड्का महशुस


काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो झट्का महशुस गरिएको छ । अहिले साँझ ८ बजेर ३४ मिनेट जाँदा राजधानी काठमाडौं लगायतका आसपासमा भूकम्पको ठूलो झड्का महशुस गरिएको हो ।

कीर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । कीर्तिपुर आसपास केन्द्र भएर भएर गोरखा भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

४ रेक्टर स्केलको गोरखा भूकम्पकै परकम्प गएको अधिकारीको भनाई छ । ०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि त्यसको परकम्प अझैसम्म गइरहेको छ । भूकम्पकै ठूलै झट्का महशुस भएपछि सर्वसाधारण डरले घर बाहिर निस्किएका छन् ।

Logo