सारेगमपमा आज नेपालका आयुषको प्रस्तुती, के टप १५ मा पुग्लान ?

सारेगमपमा आज नेपालका आयुषको प्रस्तुती, के टप १५ मा पुग्लान ?


काठमाडौं । भारतीय रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ मा आज नेपालका आयुष केसीले आफ्नो प्रतुती दिदैंछन् । हरेक शनिबार र आइतबार सवा ९ बजे प्रशारण हुने बाल गायन प्रतियोगीतामा आयुषले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

उनी आजको प्रस्तुतीबाट छानिए टप १५ मा पुग्नेछन् । यसअघि नेपालकै प्रितम आचार्य टप ३० बाट टप १५ मा पुगिसकेका छन् । १२ वर्षका आयुष केही समय अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘सुरशाला जुनियर आइडल’ का विजेता बनेका थिए । सानैबाट संगीतमा रुची राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेका थिए।

जीटिभीले सार्वजनिक गरेको प्रोमामा उनको स्वर सुनेर निर्णयकहरु खुशी भएको देखाइएको छ। सारेगमपको यो सिजनमा गायक शान, ऋचा शर्मा अनि संंगीतकर्मी अमाल मलिक निर्णायक छन्। शुक्रबार प्रदर्शनमा आएको गलिब्वाईको गीतमा पनि बालकलाकारहरुलाई प्रस्तुत गरिएको छ।

Aayush’s amazing performance took everyone’s heart away. Will he make it to the top 15? Watch #SRGMPLilChamps, Sat-Sun, 9 PM.Shaan The Richa Sharma Amaal Mallik Ravi Dubey#MusicSeBadhengeHum

Posted by ZEE TV on Thursday, February 14, 2019

Logo