श्रीमानले बलात्कार गरेको भन्दै मुद्दा, २ वर्षको जेल सजाय हुन सक्ने

श्रीमानले बलात्कार गरेको भन्दै मुद्दा, २ वर्षको जेल सजाय हुन सक्ने


डोटी । श्रीमानले बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । ति महिलाको उजुरीको आधारमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

शिखर नगरपालिका–६ का ४६ वर्षीय डिल्लीराज फुलाराविरुद्ध उनकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी हुन् ।

आफ्ना श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले जानकारी दिए । जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक बमको भनाई छ ।

“श्रीमान्ले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमानलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ ।”

दुई छोराछोरी बाबुआमाले करिब १० वर्षअघि विवाह गरेका थिए । विवाह भएको यतिलामो समयपछि किन श्रीमतीले श्रीमान्विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिन यो भने निकै रहस्यमय रुपमा हेरिएको स्थानीयवासी बताउँछन् ।

श्रीमतीले दिएको निवेदन अनुसार कसुर प्रमाणित भए उनलाई दुई वर्ष ६ महिना जेल सजाय हुन सक्नेछ । नयाँ मुलुकी संहिताले श्रीमतीको ईच्छाविपरित यौन सम्बन्ध राखे बैवाहिक बलात्कार मानिनेछ । यसअघि पनि विभिन्न क्षेत्रमा यस्ता घटना घटेका छन् । डोटीमा भने श्रीमानले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको यो पहिलो घटना हो ।

Logo