बेलायतमा मास्टर गरेका युवाको राजधानीमा गाई फार्म (भिडियोमा)

बेलायतमा मास्टर गरेका युवाको राजधानीमा गाई फार्म (भिडियोमा)


मिहिनेतपूर्वक काम गरेमा पैसा कमाउनका लागि विदेश जानैपर्दैन । त्यसको उदाहरण धेरै नेपाली युवाले देखाइसकेका छन् । विदेशबाट फर्किएका युवाले स्वदेशमा नै केही गरौँ भन्ने उद्देश्यका साथ आफ्नो व्यवसायलाई अगाडि बढाउँदै आएका छन् ।

काठमाडौंको उत्तरी भेग टोखामा व्यावसायिक रुपमा गाईपालन गर्दै आएका रकम बहादुर लोप्चन बेलायतमा अध्ययन सकेर नेपाल फर्केका हुन् ।

नेपालमा नै बसेर स्वरोजगार बन्ने योजना बनाएका उनले अहिले गाई फार्म खोलेर आम्दानी गर्दै आएका छन् । ६ वटा गाईबाट आफ्नो व्यवसाय सुरु गरेका लोप्चनसँग यतिबेला १३ वटा गाई छन् । कति अरुको देशमा गएर श्रम र पसिना बेच्नुभन्दा बरु आफ्नै देशमा केही गरौँ भनेर गाई फार्म सञ्चालन गरेको उनको भनाई छ ।

२०७३ सालमा गाई फार्म सुरु गरेका लोप्चन अहिले मासिक १ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । दुई जना मिलेर खोलिएको गाई फार्मले अहिलेसम्म धेरै फाईदा दिन नसकेको उनको भनाई छ । धेरै पाईदा नदिएपनि विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै सानै भएपनि रोजगार गर्ने भन्ने मनसायका साथ गाई पालनमा लागेको लोप्चन बताउँछन् ।

 

Logo