आफ्नै हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत

आफ्नै हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत


सन्धिखर्क । अर्घाखाँची सन्धीखर्क नगरपालिकामा आफ्नै हजुरबुवाले ५ वर्षीय नातिनीको बलात्कार गरेका छन्। सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीयले पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेका हुन् ।

जबरजस्ती करणीको बारेमा बालिकाले आमालाई बताएपछि आमाले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

त्यस्तै अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मा पक्राउ परेका छन् । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले थाहा पाएको र घटना सार्वजनिक भएको हो।

चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन्। बालिका गत पुसदेखि नै वृद्धबाट बलात्कारको सिकार हुँदै आएकी थिईन् ।

Logo