#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30642790954927742478222263081
नेपाल615933901738343820

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ सकियो

काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । संसदिय सुनुवाइ समितीको विहीबार वसेको वैठकमा कायममुकायम प्रधानन्यायाधीश जोशीले आफू माथि उठेका प्रश्नहरु र उजुरीको जबाफ दिएपछि सुनुवाइ सकिएको हो ।

प्रस्तावित प्रधानन्यायाधीश जोशी माथि पाँच वटा लिखीत उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिती सदस्य पार्वत गुरुङले जानकारी दिए। पूँजिगत लाभकर विवादमा एनसेललाई फाइदा पुग्ने गरी लाभांश लैजान अन्तरिम आदेश दिएको सम्बन्धमा सोधिएको प्रश्नमा उनले सो मुद्दा अदालतमा विधाराधीन भएकाले केहि बोल्न नमिल्ने बताए । न्यायपालीकामा भ्रष्टाचार छ भनी सांसदले सोधेको प्रश्नमा कामु प्रधानन्यायाधीश जोशीले कसैले भ्रष्टाचार गरे कारबाही गरिने बताए ।

समितीको आज शुक्रबार वस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय लिने बताउँदै सदस्य गुरुङले भने– आजको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ । थप सुनुवाइ पनि हुन सक्छ । यसै भन्न सकिदैंन ।’

समितीमा केहि समय प्रस्तावित प्रधानन्यायाधीश र समिती सदस्यहरु बिच भनाभन भएको थियो । सवाल जबाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समिती सदस्यहरुलार्इ साथि भनेपछि समिती सदस्यहरुले आफु माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्ताबित प्रधानन्यायाधीश जोशीले आफू पनि माननिय भएको भन्दै एउटै पद भएकाले साथि भनेको बताएका थिए ।

समिती सदस्य पुष्पा भुषालले प्रधानन्यायाधीश नियुक्तीको बिषयमा समिती भित्र छलफल हुनै बाँकी रहेको बताइन् । उनले भनिन् –‘हिजो प्रस्तावित प्रधानन्यायाधीश जोशीज्यूले उठेका उजुरी र समितीका सदस्यहरुले सोधेको प्रश्नको जवाफ मात्रै दिनुभएको हो । प्रश्नको जबाफ पश्चात समितीका सदस्यहरुको बैठक बसेन । त्यसैले आज समिती भित्र छलफल गरेर सबै कुराको निक्र्यौल हुन्छ ।’

सर्वोच्चमा २०७४ चैत १ देखि प्रधानन्यायाधीश पद रिक्त छ । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशको नियुक्ती हुने संवैधानिक व्यवस्था छ । नाम अनुमोदन भए जोशी ०७६ असोज २३ सम्म प्रधानन्यायाधीशका रुपमा कार्यरत रहनेछन् ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार