चलचित्र बुलबुललाई दर्शकको ९ / १० ( भिडियो सहित )

चलचित्र बुलबुललाई दर्शकको ९ / १० ( भिडियो सहित )


काठमाडौँ

यतिबेला हलहरुमा बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ चलिरहेको छ । स्वस्तिामा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहेको यस फिल्ममा कथा र पटकथा निर्देशक पौडेलकै रहेको छ ।

स्वस्तिमा यस फिल्ममा भिन्न अवतारमा देखिएकी छिन् । अर्थात उनी एक टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छिन् । बुलबुलमा स्वस्तिमा र मुकुनसँगै लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्जवल अधिकारी, अलिना कार्की लगायतले अभिनय गरेका छन् ।

अनिमेष सापकोटाको सम्पादन, कोशिष क्षेत्रीको शब्द तथा संगीत रहेको फिल्ममा शुसन प्रजापतिको सिनेमेटोग्राफी र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यस चलचित्रलाई दर्शकहरुले पनि धेरै नै रुचाइरहनु भएको छ । केन्द्रविन्दु टेलिभिजनसँग दर्शकहरुले दिएको प्रतिक्रिया यस्तो छ , हेरौं यो भिडियोमा :

Logo