प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको यस्तो काउन्टर (भिडियोमा)

प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको यस्तो काउन्टर (भिडियोमा)


काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीलार्ई नै काउण्टर दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ईतिहासमै सफल भएको दावी गरिरहेका बेला रक्षामन्त्री पोखरेलले ओलीलाई काउन्टर दिएका हुन् ।

सत्तारुढ दल नेकपा नेता समेत रहेका रक्षामन्त्री पोखरेलले विकास निर्माणमा सरकारको कामले गति लिन नसकेका बताएका हुन् । संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गतिलिन नसकेको स्पष्ट पारेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानुन र संरचना तयार हुने वित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्टयाए । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’ को उद्घाटन गर्दै उनले विना भेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

Logo