४ जना सन्तान जन्माउने महिलालाई आयकरमा छुट दिने हंगेरीका प्रधानमन्त्रीको घोषणा

४ जना सन्तान जन्माउने महिलालाई आयकरमा छुट दिने हंगेरीका प्रधानमन्त्रीको घोषणा


बुदापेस्ट

विश्व यतिबेला वढ्दो जनसंख्याले ग्रस्त भइरहेको छ तर युरोपका कयौं देश आप्रवासी संकट र कम भइरहेको जनसंख्याको समस्यासँग लडिरहेका छन् ।

जनसंख्यामा आइरहेको गिरावटले युरोपका धेरैजसो मुलुक दक्ष जनशक्तीको अभाव झेल्न बाध्य भइरहेका छन् । यसबीच हंगेरीका प्रधानमन्त्रीले देशलाई यो पीडाबाट मुक्ती दिलाउन देशवासीहरुलाई विवाह गर्न र बच्चा जन्माउन अपिल गरेको इन्डिपेन्डेन्टले जनाएको छ । आप्रवासीहरुको बढ्दो आवादीलाई संकेत गर्दै प्रधानमन्त्रीले जनसंख्याका लागि आप्रवासी होइन, हंगेरीका बच्चा चाहेको बताए ।

४ सन्तान जन्माउने महिलालाई आयकर छुट

प्रधानमन्त्री विक्टर ओरबनले महिलालाई बच्चा जन्माउन अपिल गरेका छन् । उनले धेरै सन्तान जन्माउन प्रोत्साहन गर्दै ४ वटा बच्चा जन्माउने महिलाले आजिवन आयकर तिर्न नपर्ने घोषणा गरे । त्यसैगरी ३ सन्तान हुने युवा जोडीलाई उनीहरुको ऋणबाट ब्याज माफ हुने उनले बताए ।

४० बर्ष भन्दा कम उमेरकी महिलाले पहिलो पटक विवाह गरेको हो भने एउटा ऋणबाट छुट पाउने उनले बताए । आफ्नो राष्ट्रिय सम्बोधनमा उनले भने, युरोपमा बच्चाहरुको संख्या र आवादी बढीरहेको छ । पश्चिम देशका लागि यसको जवाफ आप्रवासीहरुको आवादी हो । आप्रवासीहरु विशेष गरि मुस्लिम मुलुकहरुबाट आइरहेका छन् । हामी यस्तो आवादी बढाउन चाहँदैनौंं । हामी हंगेरियन बच्चाको संख्या बढेको हेर्न चाहन्छौं ।

दक्षिणपन्थी विचारधाराका ओरबनले आफनो भाषणमा आप्रवासी संकटमा विशेष जोड दिए । उनले भने– युरोपका वामपन्थी नेता आप्रवासीहरुका लागि उदार बनेका छन् । उनीहरु किन त्यस्तो गरिरहेका छन्, थाहा छैन । तर यसले मिश्रित जनसंख्याको संकट बढिरहेको छ ।

ओरबनको आप्रवासी विरोधी नितिलाई लिएर उनको देशमा आलोचना पनि भइरहेको छ । यद्यपी मत सर्वेक्षणमा दक्षिणपन्थी पार्टीले नै अग्रता हासिल गरिरहेको देखाइएका छन् । देशमा यसै बर्ष चुनाव हुन गइरहेको छ ।

हंगेरीका प्रधानमन्त्रीले आप्रवासी संकटलाई ठुलो संकटको संज्ञा दिएका छन् । उनले भने– हामी सबैले यो बुझ्नु पर्नेछ र यसलाई स्विकार गर्नु पर्नेछ कि युरो यो बेला इतिहासको दोबाटोमा उभिएको छ । हंगेरीमा देशवासीलाई विवाह र बच्चा जन्माउन प्रोत्साहित गर्ने कयौं कार्यक्रम तथा योजना ल्याइरहेको बताइएको छ ।
एजेन्सी

Logo