अख्तियारका आयुक्त पाठकलाई कारवाही गर्न योगेश भट्टराईको माग

अख्तियारका आयुक्त पाठकलाई कारवाही गर्न योगेश भट्टराईको माग


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचार सम्बन्धि विषयमा तत्काल छानविन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

सांसद भट्टराईले भ्रष्टाचारसम्बन्धि विवादमा मुछिएका पाठकले आफ्नो पदबाट राजीनामा दिएपनि पूर्व आयुक्तको हैसियतमा उनीमाथि छानविन गरी कारवाही गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगसँग माग गरेका हुन् ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख घुस खाएको भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट राजीनामा दिएका थिए ।

पाठकको सो राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अब छानविन गरी कारवाही गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै रहेको सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानविन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरु सबैलाई कारवाही गर्न पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए ।

महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकले दिए राजीनामा

Skip This
Logo