पाकिस्तानलाई मोदीको चेतावनी, ‘अब ठूलो मुल्य चुकाउनुपर्छ’

पाकिस्तानलाई मोदीको चेतावनी, ‘अब ठूलो मुल्य चुकाउनुपर्छ’


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन् । काश्मिरमा आतंककारी हमलामा परी ४० भारतीय सुरक्षाकर्मी मारिएपछि प्रधानमन्त्री मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका हुन् । उक्त हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै प्रधानमन्त्री मोदीले भने, ‘अब पाकिस्तानले बदलामा कडा मुल्य चुकाउनुपर्छ।’

कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए । जसमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए ।

सुरक्षाकर्मी चढेको बस जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो । उक्त विष्फोटको जिम्मा जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले लिएको थियो । उक्त समूह पाकिस्तानमा सक्रिय रहेको छ ।

प्रधानमन्त्री मोदीले भारतीय सुरक्षा अधिकारीलाई बदला लिन निर्देशन दिएका छन् । उक्त हमलापछि आतंककारीलाई महंगो सावित हुने भन्दै त्यसको तयारी थाल्न सुरक्षा निकायलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर पाकिस्तानले आफुमाथि लगाईएको आरोप निराधार रहेको प्रतिक्रिया दिएको छ । पाकिस्तानले घटनाको भत्र्सना गर्दै यस्तो कार्य गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्नेमा जोड दिएको हो ।

उक्त हमलामा आफ्नो देशको नाम जोडिएको प्रति आपत्ति जनाउँदैं पाकिस्तानले भनेको छ, ‘जम्मु कश्मीरमा भएको आतंक हमलापछि भारत तथा भारतीय मिडियाले हामीमाथि जुन आरोप लगाएको छ । यो गम्भीर विषय बनेको छ । हमला हुनु निकै दुःखद घटना हो । हामी उक्त हमलाको सधै निन्दा गर्दछौं । यो विषयलाई लिएर भारत सरकारले हामीमाथि जुन आरोप लगाएको छ । त्यो निराधार हो ।’

Skip This
Logo