विवाहमा असाध्यै सुन्दर देखिईन् वर्षा (हेर्नुहोस १० तस्बिरमा)

विवाहमा असाध्यै सुन्दर देखिईन् वर्षा (हेर्नुहोस १० तस्बिरमा)


काठमाडौं । भ्यालेन्टाईन डे कै दिन नेपाली फिल्म क्षेत्रले एक नयाँ वैवाहिक जोडी पाएको छ । लोकप्रिय नायिका बर्षा राउत र नायक संजोग कोईराला विवाह बन्धनमा बाधिए । विगत ७ वर्ष देखि प्रेम सम्बन्धलाई अन्ततः विवाहमा परिणत गरेका हुन् ।

फागुन २ गते प्रणय दिवसको अवसर पारेर उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । विवाह बन्धनमा बाँधिएको यो जोडीका केही तस्बिरहरु सार्वजनिक भएका छन् ।

फोटो पसलले उक्त तस्बिरहरु सार्वजनिक गरेको हो । जसमा बेहुलीको रुपमा अभिनेत्री वर्षा राउत निकै नै सुन्दर देखिएकी छिन् । यी दुईको जोडी निकै नै सुन्दर देखिएको छ ।

केही दिन अघि मात्रै उनीहरुले ईन्गेजमेन्ट गर्दै भ्यालेन्टाईन डे कै दिन विवाह गर्ने बनाएका थिए । उनीहरुले ईन्गेजमेन्ट गर्दै आफूहरुको नयाँ नाम राखेका थिए । उनीहरुले दुवै जनाको नाम जोडेर सन्सा उपनाम राखेका थिए ।

तस्बिरः फोटो पसल

Logo