#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32136496982715744682823706953
नेपाल693014531843750411

महिनावारीको रगतले बनाएको पेन्टिङ किन भयो भाइरल ?

हामीले कयौँ पेन्टिङहरु देखेका छौ । केही पेन्टिङहरु करोडौँमा बेचेको पनि सुनेका छौँ । धेरै पेन्टिङहरु साधारण रँगले नै बनाइने गरिन्छ । आज हामी यो भन्दा बाहेक अजिव र अचम्म प्रकारले गरिने पेन्टिङको बारेमा जानकारी दिनेछौँ । महिलाहरुको महिनावारी हँुदा निस्कने रगतले बनाएको पेन्टिङको बारेमा जानकारी दिनेछौँ ।

एक महिला पेन्टरले आफ्नो महिनावारीबाट निस्कने रगतको प्रयोग गरेर पेन्टिङहरु निर्माण गरेकी छिन् । उक्त पेन्टिङहरु अहिले भाइरल बनिरहेका छन् । महिलाले महिनावारी हुँदा निस्कने रगतको प्रयोग गरेर पेटमा बढिरहेको बच्चाको पेन्टिङ गरेकी थिइन् ।

महिलाको नाम टिमी पाली हो । जो पेसाले एक पेन्टर हुन् । महिलाले यस चित्र बनाउन महिनावारी हँुदाको रगत जम्मा गर्न केहि समय लागेको अनुमान गरिएको छ । महिलाले बनाएको यो पेन्टिङले सबै मानिसहरु अहिले आश्चर्यमा परेका छन् ।

टिमीले यस चित्र मातृत्व दर्शाउने सोचमा बनाएकी थिइन् तर बनाउने क्रममा बच्चा पनि बनाउने सोच आएपछि यस्तो बनाएको उनले बताइन् । मानिसहरु महिलालाई महिना महिनामा हुने महिनावारीबो विषयमा अपवित्र भन्दै र मान्दै आएका छन् ।

तर उनले यस चित्र महिनावारी हुँदा आउने रगतले बनाएकोमा कतिले प्रशँसा गरेका छन् भने कतिले उनलाई लाज नभएको महिला बनाउने प्रयत्नमा जुटेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार