ताप्लेजुङ्ग केन्द्र भएर भुकम्प

ताप्लेजुङ्ग केन्द्र भएर भुकम्प


काठमाडौँ

विहिबार पूर्वि नेपालकोे ताप्लेजुङ्ग केन्द्र भएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यो ०७२ को विनासकारी भुकम्पको पराकम्प नभई नयाँ भुकम्प रहेको पनि विभागले जनाएको छ ।

स्थानिय समय अनुसार साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भुकम्पको धक्का पूर्वि नेपालका केहि जिल्लाहरुमा महशुस भएको थियो । यसबाट कुनै मानविय वा भौतिक क्षति भने नभएको पनि विभागले जनाएकोे छ ।

गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।

यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परfकम्प गएको थियो । वि.सं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।

Logo