भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु

भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु


जाजरकोट । भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको हो ।

आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको प्रहरीले जनाएको छ । आठ जना यात्रु बोकेको बस के कारणले दुर्घटनामा परेको भन्नेबारे खुल्न सकेको छैन् ।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । चार जनाको शव निकालिसकिएको छ । अन्य चार जनाको उद्दार गरिएको छ । अहिले सो क्षेत्रमा पानी परिरहेकाले उद्दारमा थप समस्या भएको छ ।

File Photo

Logo