बर्षा र संजोगले भ्यालेन्टाईन डे कै दिन कसे लगन गाँठो (भिडियोमा)

बर्षा र संजोगले भ्यालेन्टाईन डे कै दिन कसे लगन गाँठो (भिडियोमा)


काठमाडौं । चर्चित नायिका बर्षा राउत र नायक संजोग कोईरालाले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । ६ वर्षे लामो प्रेम सम्बन्धलाई भ्यालेन्टाईन डे कै दिन विवाह सम्बन्धमा परिणत गरेका हुन् । गत सोमबार मात्र उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

वर्षा र संजोगलाई ‘सन्सा’ को क्युट उपमा दिईएको छ । उनीहरुको इन्गेजमेन्ट र मेहेन्दीका तस्विरहरु अहिलो सामाजिक सञ्जालहरुमा निकै भाइरल भएका छन् । साथै वर्षा र संजोगलाई अहिले विवाहको शुभकामना दिनेहरुको ओइरो लागेको छ ।

उनीहरुको पहिलो भेट ७ अगाडि एक फिल्मको अडिसनको क्रममा भएको थियो । वर्षा राउत अहिलेको चल्तीकी नायिकामा पर्दछिन् । उनी अभिनित फिल्म ‘गोपी’ अहिले प्रर्दशनरत छ भने संजोग पनि बेला बखतमा फाटफुट फिल्महरुमा देखि रहेका हुन्छन् । उनी अभिनित पछिल्लो फिल्म कथा काठमाडौं हो । साथै संजोग आफ्नै व्यवसायमा व्यस्त रहन्छन् ।

Logo