नेकपा केन्द्रीय कमिटीको बैठक पुष ५ गते बस्ने

नेकपा केन्द्रीय कमिटीको बैठक पुष ५ गते बस्ने


काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रस्ताव अध्ययन गर्नका लागि भन्दै बैठक एकसाताका लागि स्थागित गरी मंसिर २८ गते दिउसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव माथि अध्ययन गर्नका लागि समय दिइएको बताए । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा सचिवायल सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीले पठाएको पत्र पढेर सुनाए । अध्यक्ष ओलीले पत्र मार्फत अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराएका पनि प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष ५ गतेका लागि सार्ने निर्णय समेत गरेको छ ।

Logo