#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32448944988272751023023950442
नेपाल693014531843750411

गोबिन्द केसीको माग समेटेर चिकित्सा विधेयक प्रस्तुत

प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । 

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गरेका हुन् । विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताए । 

उनले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गरे । मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताउँदै सहमतिमा छलफल गरी शिघ्ररुपमा अघि बढाउनका लागि सहयोग गर्न सांसदलाई आग्रह गरे । 

उक्त विधेयकमाथि विरोधको सूचना हालेका सांसदद्वय काँग्रेसका गगन थापा र संघीय समाजवादीका फोरम नेपालकी सरिता गिरीले आ–आफ्नो विरोधको सूचना फिर्ता लिएका िथए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेकाे विरोधको सूचना भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार