‘घाम जुन चाहिदैन’ मा प्रदिप र जसिताको रोमान्टिक मूड

‘घाम जुन चाहिदैन’ मा प्रदिप र जसिताको रोमान्टिक मूड


‘भ्यालेनटाइन डे’ को अवसर पारेर चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘घाम जुन चाहिदैन’ बोलको गीत सार्वजनिक भएको हो ।

सुगम पोखरेल र रेस्मा पुनको स्वरमा सजिएको गीतमा शब्द र संगीत दिपक शर्माले दिएका छन् । गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङ फिर्चड छन् । यस चलचित्रलाई उज्जवल घिमिरे निर्देशन गरेका हुन् । जसिता र प्रदिपसँगै रमेस बुढाथोकी, सिरु बिस्ट, रबि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यस चलचित्रलाई गोबिन्द शाही, कृषु शाही र कबिर विक्रम शाहीको संयुक्त निर्माण गरेका छन् ।

म्युजिकल लभ स्टोरीमा बनेको चलचित्र लभ स्टेसनमा सुवास सिंह बस्नेतको पटकथा तथा संवाद र आलोक शुक्लाको छायांकन रहेको छ । लभ स्टेशन चैत्र २२ गते देखि प्रर्दशनमा आउँदैछ ।

Logo