कञ्चनपुरबाट १८ किलो सुनसहित एक जना पक्राउ

कञ्चनपुरबाट १८ किलो सुनसहित एक जना पक्राउ


काठमाडौं । कञ्चनपुरबाट १८ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पुर्नवासबास नगरपालिका २ दशरथ बस्तीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखा तथा जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले सुन बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए ।

‘१८ किलो सुनसहित १ जनालाई हामीले दशरथ बस्तीबाट नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ । बाँकी कुरा गोप्य राखेका छौं’ उनले भने ।  शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले  बरामद गरेको हो ।

प्रहरी पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको छ । विशेष सूचनाको आधारमा बिहान ११ बजे सुन बरामद गरिएको एसपी तिमिल्सिनाको भनाई छ । सुन कहाँबाट आयो र कसको हो भन्नेमा अनुसन्धान केन्द्रित भईरहेको उनको भनाई छ । सुन र पक्राउ परेका व्यक्तिलाई कैलाली प्रहरीको हिरासतमा राखिएको छ ।

 

Skip This
Logo