स्वस्तिमाको ‘बुलबुल’ भ्यालेनटाइन डे मा प्रर्दशन

स्वस्तिमाको ‘बुलबुल’ भ्यालेनटाइन डे मा प्रर्दशन


काठमाडौं । बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ आज प्रणय दिवसको अवसर पारेर रिलिज गरिएको छ । स्वस्तिामा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहेको यस फिल्ममा कथा र पटकथा निर्देशक पौडेलकै रहेको छ ।

स्वस्तिमा यस फिल्ममा भिन्न अवतारमा देखिएकी छन् । अर्थात उनी एक टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छन् । बुलबुलमा स्वस्तिामा र मुकुनसँगै लक्ष्मी बरदेवा, दिपक क्षेत्री, उज्जवल अधिकारी, अलिना कार्की लगायतले अभिनय गरेका छन् ।

अनिमेष सापकोटाको सम्पादन, कोषिश क्षेत्रीको शब्द तथा संगीत रहेको फिल्ममा शुसन प्रजापतिको सिनेमेटोग्राफी र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Logo