जनताको जलविद्युत् कार्यक्रम आज प्रधानमन्त्रीबाट शुभारम्भ हुने

जनताको जलविद्युत् कार्यक्रम आज प्रधानमन्त्रीबाट शुभारम्भ हुने


काठमाडौं

सरकारले २ फागुन ( आज ) बाट विधिवत् रूपमा ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम सुरु गर्दैछ  । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपालीलाई विद्युतको सेयरधनी’ नाराका साथ अघि बढाउन लागिएको कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै छन् ।

यस कार्यक्रम अन्तर्गत सरकारले जलविद्युत् उत्पादनको सम्भावना रहेका ६ वटा प्रदेशमा पहिचान भएका ३ हजार ४ सय ७९ मेगावाट बराबरका १९ आयोजना अघि बढाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए ।

यी आयोजनामा प्रतिमेगावाट करिब २० करोडका दरले झन्डै ७ खर्ब भन्दा बढी लगानी हुने देखिन्छ । यी आयोजनामा नेपाली नागरिकबाट सेयरमार्फत १ खर्ब २ अर्ब रुपैयाँ भन्दा बढी लगानी उठाइने लक्ष्य छ । त्यस्तै आयोजनाका लागि ४ खर्ब ८७ अर्ब (७० प्रतिशत ) ऋण चाहिने अनुमान गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo