विश्वकै महँगो टापु बिक्री हुदै

विश्वकै महँगो टापु बिक्री हुदै


दुबई

संयुक्त अरब इमिरेट्समा रहेको विश्वकै महँगो ६६० एकडको टापु ४६ करोड २० लाख डलरमा बिक्रीका लागि खुला गरिएको छ । यो टापुमा निजी तट, पाँचतारे होटल र अरेबियन गल्फको मनमोहक दृश्य हेर्न सकिने सुविधा रहेका छन् ।

खरिदकर्ताले (४६ करोड २० लाख डलर, ३६ करोड पाउन्ड) लगभग ५० अर्ब नेपाली रुपैयाँ तिर्नुपर्नेछ । यो टापु ५० लाख बर्गफिटमा फैलिएको छ ।

यसमा चार टापुहरु ड्रिम आइसल्यान्ड, ब्रिज आइसल्यान्ड, ट्रेजर आइसल्यान्ड र भिउ आइसल्यान्ड रहेका छन् । यसबाट प्राकृतिक विलाशी वातावरणको मनमोहक दृश्य हेर्न सकिने सम्पत्ति सम्बन्धित अनलाइन लिस्टिङमा उल्लेख गरिएको छ ।

यो विज्ञापनले विदेशी खरिदकर्तालाई आकर्षित गर्नका लागि आय कर छुट र विदेशी विनिमयको नियन्त्रणको प्रस्ताव गरेको छ । यहाँ धेरैजसो पूर्वाधार पहिलेनै बनिसकेका छन् ।
गोलाकार र मुगा आकारको यो द्विप समुद्रमा २.८ माइलसम्म फैलिएको छ ।

वर्षभरीनै सूर्य, वालुवा र समुद्र हेर्न पाइने यो मार्जन द्विपले विश्वभरीका अवलोकनकर्तालाई आकर्षित गरेको छ । यो मानव निर्मित साधनले मात्रै नभई प्राकृतिक रुपमा पनि विलाशी किसिमको छ ।
एजेन्सी

Logo