अब नेपाली लाइसेन्सलाई पनि विदेशमा मान्यता

अब नेपाली लाइसेन्सलाई पनि विदेशमा मान्यता


काठमाडौं

नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका सेवाग्राहीले विदेशमा पनि सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवस्था विभागले नेपाली लाइसेन्स धारकलाई अन्तर्राष्ट्रियस्तरमा सवारी चलाउन पाउने कानुनी व्यवस्था गर्न लागेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ नयाँ बनाउने तयारीमा विभाग छ । २६ वर्ष पुरानो ऐनलाई संघीय संरचना अनुसार बनाउन लागिएको हो । मुलुक संघीय व्यवस्थामा सञ्चालन भएसँगै विभागको मातहत रहेको धेरै अधिकार प्रदेशमा समाहित भएको छ । यातायात व्यवस्था विभाग भने संघीय सरकारको मातहतमा सञ्चालन हुनेछ । नयाँ बन्ने ऐनमा नेपाल लाइसेन्स धारकले विदेशमा पनि गाडी चलाउने पाउने व्यवस्था राख्न खोजेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

‘नेपाली लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा मान्य हुँदैन । विदेशमा सवारीसाधन चलाउन त्यहीँको लाइसेन्स आवश्यक पर्छ । सवारी चलाउन योग्य हुँदा पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइसेन्स नभएका कारण सेवाग्राही सुविधा पाउनबाट बञ्चित छन् ।’ अब बन्ने नयाँ ऐनले विदेशमा सवारीसाधन चलाउन चाहाने नेपाली लाइसेन्स धारकलाई सहज हुने उनले बताए ।
अन्नपूर्णबाट

Logo