#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31565811970800742553723169474
नेपाल666324291814248061

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी

काठमाडौँ

सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरूले बताएका छन् । साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए । माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्ने बारेमा सामान्य चासो समेत नराखेको भन्दै राजपाका नेताहरूले सरकार विरूद्ध आक्रोश पोखेका छन् ।

सरकारले पार्टी भित्र आन्तरिक भागबन्डा मिलाउन एउटा मन्त्रालय फुटाउने निर्णय गरेपछि राजपा सरकारमा जाने सम्भावना पूरै बन्द भएको छ । फुटाएको मन्त्रालयमा प्रधानमन्त्रीले वर्तमान सरकारकै एक राज्यमन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ । राजपाका एक नेताले ओलीले संघीय फोरमलाई प्राथमिकता दिएको तर राजपालाई बेवास्ता गरेको गुनासो गरे ।

प्रधानमन्त्रीसँगको भेटमा राजपा नेताहरूले ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । राजपाले संविधान संशोधन र रेशम चौधरीलाई शपथ खुवाउने मुद्दालाई प्राथमिकताका साथ उठाएको छ । यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता हुनुपर्ने, जेलमा रहेका राजपा कार्यकर्ताको रिहाइ हुनु पर्ने लगायत मुद्दा राजपाले अघि सारेको छ । सरकारलाई समर्थन दिए पनि राजपा सांसदहरू संसदमा विपक्षी बेन्चमा बस्ने गरेका छन् ।
नागरिकबाट

सम्बन्धित समाचारहरु