नेकपा कार्यालयमा नै मनाए प्रचण्डले जनयुद्ध दिवस ( भिडियो सहित )

नेकपा कार्यालयमा नै मनाए प्रचण्डले जनयुद्ध दिवस ( भिडियो सहित )


काठमाडौं

जनयुद्धको सुरुवात गरिएको दिनको सम्झनामा आज देशभर जनयुद्ध दिवस मनाईयो । ०५२ साल फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनु पर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको शुरुवात गरेको थियो ।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

तर यो पटक नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाले भने आधिकारिक रुपमा ‘जनयुद्ध’ को हैसियत अस्वीकार गरेको छ । तैपनि नेकपा अध्यक्ष प्रचण्डले नेकपा कार्यालयमै जनयुद्ध दिवस मनाए । कार्यक्रममा चुनाबमा नेकपाले गरेको एकताकै कारण बहुमत आएको र यो कसैले नसोचेको आश्र्चयजनक घटना भएको प्रचण्डले बताए । थप हेरौं यो भिडियोमा :

Skip This
Logo