#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31678780972783743626323269734
नेपाल666324291814248061

निवन्ध- प्रेम, विवाह र भक्ति

प्रीति, श्रद्धा, आस्था, विश्वास, आदरभाव, सम्मान, अगाध प्रेम, अनुराग, उपासना, सेवा, वात्सल्य भाव भक्ति हो । यदि तपाईंमा रौँ बराबरको शङ्का वा रौँ बराबर मात्र पनि अविश्वास उठ्छ भने त्यसपछिको वा त्यो भक्ति, भक्ति बन्न सक्दैन । वास्तवमा विना शङ्का निरन्तर गरिरहने अगाध प्रेम नै भक्ति हो ।

प्रीति केही समय रहेर स्वार्थ पूरा हुनासाथ हराउन सक्छ । आस्था र श्रद्धा मान्छेले अर्कोप्रति राख्ने वा गर्ने अपार भाव हो तर सम्बन्धित मान्छेको गर्ने गराउने कृत्यले यसमा पनि परिवर्तन हुनसक्छ । विश्वास गरिएको व्यक्तिले विपरीत काम वा कार्य गर्दा खलबलिन सक्छ । आदर र सम्मान गर्ने कारण हुन्छन् । एकले सेवा गरेको ग¥यै र अर्कोले उपेक्षा गरेको ग¥यैको अवस्थामा सेवाभाव पनि थाक्न सक्छ । उपासनाका पनि केही सीमा छन्, पचासौँ वर्ष उपासना गर्दा गर्दा वाक्क बन्न सक्छ मान्छे । माथिका सबै कुराका कतै न कतै स्वार्थ, वासना, लोभ, मोह, कारण आदि पनि जोडिएकै हुन्छन् ।

प्रेम वा भक्तिमा समर्पित हुन रिस, क्रोध, हीनता, घमण्ड, अहङ्कार, इबी आदि त्याग्न सक्नुपर्छ । मान्छेले आफ्नो अहं र अस्तित्व गुमाएर लीन हुन जान्नुपर्छ । मान्छेले आफ्नो अवस्था, आवश्यकता र बाध्यता अनुसार गरेको वा भनिएको प्रेम वास्तवमा प्रेम नै होइन । तपाईं माने मान्नोस् म मान्न सक्दिनँ । प्रेम वा भक्तिमा लोभ, मोह र माया । जाल, झेल र कपट । अवस्था, आवश्यकता र वातावरण । घमण्ड, हीनता र कुण्ठा । नाम, पद र धन । प्राप्ति, उपलब्धि र परिणाम सबै कुरा त्याग गर्न सक्नुपर्छ । रौँ बराबरको शङ्का, रौँ बराबरको उपेक्षा वा रौँ बराबरको लोभ जोडिन आएमा त्यो प्रेम नभएर अरु नै केही बन्न पुग्छ । भक्तिको त कुरै अपार छ ।

आवश्यकताविना पनि लागिरहने, उपलब्धिविना पनि गरिरहने, उपेक्षै उपेक्षाको बीचमा पनि समर्पित भइरहने, घृणैघृणाको बीचमा पनि आदरभाव जोगाइरहने, निरन्तर पात्रमाथि गरिरहने सेवाभाव, आदरभाव, लीनताको चरमभाव वा पन वा लयबद्धता नै प्रेम हो र जब मान्छे यस्तो प्रेमलाई आफ्नो स्वभाव बनाउन सक्दछ वा स्वतस् बन्दछ तब यस्तो प्रेम मात्र भक्ति बन्न सक्दछ । कुनै पनि किसिमको औपचारिक वा घन्ट बजाएर वा धूप बत्ती बालेर वा कीर्तन गरेर गरिने हठ मात्र ध्यानको वा एकाग्रताको प्रथम चरणको पनि एउटा विन्दुभर छाया वा ढोंग मात्र हो, प्रेम र भक्तिको त कुरै कहाँ हो कहाँ । मेरो विचारमा ।

प्रेम र विवाह

प्रेम आगो हो र प्रेम पानी पनि हो । प्रेम डर, भय र सन्त्रास पनि हो । प्रेम लाज, सरम र पर्दा हो । प्रेम भाव, सोच र विचार हो । प्रेम अहङ्कार, घमण्ड र गर्व हो । प्रेम धर्म, समाज र बन्धन हो । प्रेम आस्था, विश्वास र समर्पण हो । प्रेम नै धर्ती र प्रेम नै आकाश पनि हो । प्रेम प्रकाश हो भने प्रेम अन्धकार पनि हो । प्रेम ईश्वरीय भाव हो भने राक्षसीपन पनि हो किनकि कुनै पनि वस्तु वा भाव विपरीतताको अस्तित्वविना अस्तित्वमा रहनै सक्दैन ।

प्रेम उत्सव, खुसी र आनन्द हो । प्रेम श्रद्धा, भक्ति र स्वयं माया पनि हो । प्रेम आकार पनि हो, प्रकार पनि हो र निराकार पनि हो । प्रेम मनको संवेग, आवेग र उद्वेग पनि हो । प्रेम सत्, रज र तम हो भने इलोक्ट्रन, प्रोट्रन र न्यूटन पनि हो ।

प्रेम दया, कल्याण र करूणा हो भने घृणा, वैर र हिंसा पनि हो । प्रेम बह्मा, विष्णु र महेश हो भने प्रेम शरीर, मन र आत्मा पनि हो । प्रेम ज्ञान, बुद्धि र विवेक हो भने प्रेम मूर्खता, सनकीपन र अज्ञानता पनि हो । प्रेम ध्यान, प्राण र गहनता हो भने प्रेम काम, क्रोध र लोभ पनि हो । त्यसैले प्रेम लौकिक पनि हो र पारलौकिक पनि हो । के होइन प्रेम रु घृणाभित्र पनि प्रेम छ तर सुषुप्त छ । दया मायाभित्र पनि प्रेम छ तर पारदर्शी छ खेल मात्र तङ्खव र तङ्खवभित्रको शक्तिजस्तो । प्रेम वास्तवमै मानव जीवनको आरम्भ र अन्तिम द्वार पनि हो । घृणाको पराकाष्ठाभित्र पनि प्रेम छ र प्रेमको पराकाष्टाभित्र पनि घृणा छ अर्थात् प्रेम नै घृणाको आरम्भ र अन्त पनि हो र प्रेमको सार्थकता मात्र एकाकारमा छ ।

प्रेमले ज्ञान, विचार, बुद्धि, विवेक, धन, निर्धन, डर, भय, सङ्कोच, केही हेर्दैन कतै हेर्दैन । यदि रौँ मात्र कारण छ भने, बुद्धि, विवेक खेलाउँछ भने, धन, निर्धन हेर्छ भने, डर(भय वा सङ्कोच घुस्छ भने त्यो प्रेम प्रेम हुन सक्दैन । प्रेम खुल्ला छ, पारदर्शी छ, उन्मुक्त छ । प्रेमले मनलाई पगाल्छ र कहिले मैनजस्तै कोमल बनाउँछ भने कहिले पत्थरजस्तै कठोर । कहिले हिम्मत गर्छ सहास बटुल्छ त कहिले खुम्चेर हीनता कुण्ठा पाल्छ भने कहिले गर्व र घमण्ड तेर्साउँछ । त्यसैले प्रेम मनको सकारात्मक भाव पनि हो र नकारात्मक भाव पनि हो । प्रेमको परिभाषा देश, काल, परिस्थिति र परिवेश अनुसार अनगिन्ती गरिएका छन् र गरिने छन् । पारखीलाई गन्ध नै काफी भनेजस्तो यत्ति भनिसकेपछि मैले प्रेमको शास्त्र नै किन तयार पार्नु बाँकी तपाईंकै जिम्मा ।

माथि नै भनियो विवाह मात्र एक एउटा पद्धति हो, प्रणाली हो । समाजको अस्तव्यस्तता, भद्रगोलपन आदिलाई व्यवस्थित गर्न बनाइएको एउटा नियम हो, चलन हो, प्रचलन, संस्कार र परम्परा मात्र हो । विवाह प्रेम वा भक्ति भने होइन । विवाह शाश्वत होइन मात्र मान्छेद्वारा बनाइएको एउटा विधि मात्र हो ।

आफ्नो अभिभावकले खोजेर, पद्धतिभित्र हुलिदिएर, जबरजस्ती प्रेमको व्यवहार गर्नैपर्ने बाध्यतामा खुम्चिएर, बन्धनमा बाँधिएर चिन्नु न जान्नुसँग जो कोही अपरिचत मार्फत जन्मिएका सन्तानलाई माया गर्नै पर्ने बाध्यता हो संसारको जुनसुकै विवाह पद्धति । यस्तो अवस्थालाई स्वतस् प्रफुष्टित प्रेम बन्न वा भन्न कसैले सक्दैन । न त यो प्रेमले जन्माएको सम्बन्ध मान्न सकिन्छ न त सम्बन्धले नै आफै जन्माएको वास्तविक प्रेम मान्न सकिन्छ । यस पद्धतिभित्र बाँधिने हर कोहीका कुनै न कुनै आशा, इच्छा, आवश्यकता, स्वार्थ, लोभ हुन्छ हुन्छ । यदि मनको वा सामाजिक आँखाको बाध्यता नरहे आवश्यकता पूरा गर्न नसक्नासाथ मान्छेको यस्तो सम्बन्ध टुटिहाल्छ र टुटेका अनेकौं उदाहरण समाजमा प्रशस्तै पाइन्छन् ।

यस्तो सम्बन्धले वा बाध्यताले जन्माएको माया वा प्रेमलाई तपाईं कस्तो प्रेमको कोटिमा राख्नु हुन्छ र अनि त्यसै समाज वा परिवार वा बाध्यतामा गरेको प्रेमलाई प्रेम वा भक्ति बनाउन सक्नुहुन्छ रु प्रश्न कडा छ । विवाह वा विवाहबाट जन्मिएको प्रेमको परिभाषा जति गरे पनि बनाए पनि आखिरमा प्रेम त प्रेम नै हो । जुनसुकै लौकिक प्रेमलाई यदि मान्छेले आफ्नो स्वभाव बनाउन सकेको खण्डमा त्यो प्रेम भक्तिको द्वारसम्म लैजाने मार्ग त बन्न सक्ला तर सम्बन्ध वा विवाहपछि जन्मिएको, हामीले भन्ने गरेको प्रेमले भक्तिको त के कुरा भक्तिको विन्दु मात्र पनि ग्रहण गर्न सकेको कतै देखिन्न । न त यस्तो प्रेम आत्मिक प्रेम नै बन्न सकेको देखिन्छ । यस्तो प्रेम प्रेम नभएर औपचारिकता मात्र बनेको भेटिन्छ मान्छेको वा समाजको ।

आजकल माया गर्ने, मन पराउने अनि विवाह गर्ने चलन बढेको छ । के यो वास्तवमै प्रेम विवाह हो रु के यसमा आशा, इच्छा, आवश्यकता, स्वार्थ र लोभादिको माग छैन र रु प्रेम, भक्ति र विवाहको वास्तविक अर्थ नै नबुझी कसैको नाक, कसैको मुख, कसैको बोली, कसैको नाम, पद, धन र कसैको अध्ययन, सुख र साधन हेरेर मन परेको प्रेम के वास्तविक प्रेम हो रु म त मान्दिनँ तपाईंको म जान्दिनँ । म त बाबुआमाले मागी गरिदिएको विवाह र यस्तो आफैले खोजी गरेको विवाहको सारतङ्खवमा कुनै अन्तर देख्दिनँ । मात्र जिम्मेवारी लिने, दिने र पन्छाउने भरको नौटङ्की वा परिवर्तनको खेल मान्छु म । पूर्वीय संस्कारमा जोडिएको आठ थरी विवाह मध्येकै स्वयंवर वा आसुरी विवाहको मेल वा पश्चिमी रन्को मात्र देख्छु म, तपाईं नि । त वास्तविक विवाह वा प्रेम विवाह के हो रु तपाईं नै छुट्याउनोस् अब ।

प्रेम र भक्ति

‘कस्तो प्रेम भक्ति बन्छ रु’ मलाई एउटी १५ वर्षे बच्चीले म ३५ वर्षको हुँदा सोधेको प्रश्न हो यो । यो प्रश्नले म उसको प्रेमप्रतिको चासो, बुझाइ, स्वभाव र उपलब्धिले नराम्ररी झस्किएको थिएँ । यहाँ ठूला ठूला प्रवचक, सिद्ध हुँ भनी खोक्दै हिँड्ने, वरिपरि अशिक्षित भाट र दास थुपारेर औपचारिक शिक्षा पाए पनि मनका दास मान्छेका भीड जमाएर, आश्रम आदि खोलेर लुट्ने र लुट्न सिकाउने गरिरहेका जोगी, सन्न्यासी, साधु, बाबा, महात्मा, महर्षि, अवधूत, भगवान् भनाइएका सम्मलाई वास्तविक प्रेम र भक्ति के हो रु पत्तो रहेको म देख्दिनँ । तिनले भन्दा ठूलो र गहन प्रश्न मलाई एउटी अबोध बच्चीले मेरो आत्मिक मनमा बस्न चाहेर तेर्साएको प्रश्न हो यो र यसले म जस्तो सोच्न मात्र जान्नेलाई निक्कै झस्कायो अनि पो म प्रेम र भक्तिको सार विन्दु वा त्यसको सूक्ष्मता र फैलावट खोज्न जुर्मुराएँ ।

कसैले गरोस् वा नगरोस् आफूले विनाशङ्का निरन्तर गरिरहने अपनत्व, सेवा, विश्वास, आस्था, श्रद्धा, समर्पणको अगाध भाव नै प्रेम हो र यस्तो प्रेम नै भक्तिको द्वार हो । जे र जस्तोसुकै अवस्था, परिस्थिति वा कारणमा नहल्लने, नथर्कने, नचर्कने, नडग्ने, नटुट्ने, नफुट्ने अनुराग वा प्रेम नै भक्ति बन्दछ वा मेरो दृष्टिमा भक्ति हो । रौँ बराबर शङ्काले भक्ति खलबलिन्छ, एक हिसाबमा अन्धता र मूर्खता नै भक्ति हो भने अर्को हिसाबमा जे गरे पनि जे भए पनि अति लीनता, सम्पूर्ण लयता, अति एकाग्रता, परम् विश्वास, अति श्रद्धा, अगाध प्रेम, अति आस्था, सेवा वा उपासना नै भक्ति हो ।

प्रायस् प्रेमलाई दुई रुपबाट हेरिने गरिएको छ । एउटा आत्मिक ९गहन, सूक्ष्म० अर्को बाह्य ९शरीरी, वासना० । शक्ति र तङ्खव वा वस्तु र भावजस्तै यी दुई प्रेमको परिभाषा कति र कसरी दिनु रु कृष्ण एउटै व्यक्ति हो तर न कृष्णले राधा, रुक्मिणी र मीरासँग गरेको प्रेम के एकै हो रु वा राधा, रुक्मिणी र मीराले कृष्णसँग गरेका प्रेमको परिभाषा एकै हो रु अझ कृष्णलाई प्रेमको प्रतीक मानेर सोह्र हजार गोपिनीसँगको सोह्रै हजार परिभाषा गर्न सक्नुहुन्छ तपाईं रु प्रतीक कृष्णको प्रेम कति र कुन कुन लौकिक हो र कति र कुन कुन पारलौकिक हो रु त के लौकिक प्रेम पारलौकिक बन्न सक्छ रु वा कस्तो प्रेम भक्ति बन्छ रु

यो प्रश्नको उत्तर सोधेजस्तै सजिलो छैन बुझ्नलाई । हुन्न, सक्दिनँ भन्न सजिलो छ, विकल्पका सबै द्वारहरु बन्द गरेर बस्न के गाह्रो रु तर हुन्छ भन्न, सक्छु भन्न कठिन छ, पल पल दास हुनुपर्छ हुन्छ भन्नेले । हो प्रेममा दास हुन जान्नुपर्छ वा सक्नुपर्छ मान्छेले । जीवनभर निरन्तर तिमी गरे गर नगरे नगर तर म गरिरहन्छु बाँचुन्जेल तिमीलाई आदर, सम्मान, सेवा, विश्वास, श्रद्धा, आस्था भनेर जुन प्रेम लीनतामा समर्पित हुन सक्दछ मात्र त्यही प्रेम भक्ति बन्दछ ।

कस्तो प्रेम भक्ति बन्छ ? अब अरु यसको उत्तर के दिनु रु हो, प्रेम समपर्णको उत्कर्ष हो भने भक्ति प्रेमको उत्कर्ष हो । यसरी प्रेम भक्ति बन्न सक्छ तर मनमा आएको रौँ बराबरको शङ्काले भक्ति त के मान्छे वास्तविक प्रेमलाई प्रेमकै रुपमा बुझ्नबाट बञ्चित हुन्छ । प्रेम निभाउने कुरा त यसरी हेर्दा लौकिक जगत्मा असम्भव छ र यदि कसैले निभाए एउटा घटना नै बन्दछ जसरी लगभग तीन(चार हजार वर्ष पूर्वको कृष्णलाई मीराले गरेर देखाइन् । वास्तवमा मै हुँ भन्ने मान्छेले पनि आफ्नो जिन्दगीभर बुझ्न सक्दैन प्रेम के हो र त्यो कसरी भक्ति बन्न सक्दछ भन्ने । भक्ति एकाग्रताको, एक थरी ध्यानको, लीनताको, लयबद्धताको, समर्पणको, सम्मानको, आदरभावको वा यस्ता अनेकौं गहन आत्मिक तङ्खवको द्वार पनि हो र केन्द्र पनि हो । हो धार्मिकपनको, संस्कारको, चलन र प्रचलनको, परम्पराको, ढोंगको, देखाइको लागि वा हेराइको लागि गरिने अनेक धार्मिक वा अधार्मिक अर्थात् कुनै अर्को धर्मको ९किनभने धारणा गरिएको जुनसुकै कुरो धर्म हो ।० कृत्यहरुलाई मान्छे भूलवश वा जानी नजानी भक्ति ठान्ने र ठनाउने, मान्ने र मनाउने कार्य गरिरहेछन् ।

जसले प्रेमलाई प्रेमकै रुपमा र भक्तिलाई भक्तिकै रुपमा अर्थात् अर्कोले गरे गरोस् नगरे नगरोस् म निरन्तर र जीवन रहुन्जेल पूर्ण निष्ठासाथ, सम्पूर्ण विश्वाससाथ, श्रद्धा र आस्थावान् भएर निसङ्कोच, निर्भय, विनाशङ्का समर्पित बनिरहन्छु । जस्तोसुकै बाधा, ब्यवधान, अड्चन, अवस्था वा परिस्थिति आओस् लीन भइरहन्छु भन्ने पन । सम्पूर्ण मान्छे, समाजको गराइ, हेराइ, देखाइ, र बोलाइबाट मुक्त भएर एकाग्र बनिरहने, लीन भइरहने एक थरी पागलपन । नाम(पद र धन, अवस्था(आवश्यकता र परिस्थिति, क्रोध(रिस र घमण्ड, डर(भय र त्रास, जाल(झेल र कपट, लोभ(मोह र माया, कुनै पनि संवेग(आवेग र उद्वेगसम्मबाट मुक्त बनेर गरिने आत्मिक सम्मान, आत्मिक आदरभाव, आत्मिक लीनता र लयबद्धताको भाव नै प्रेम हो र यो नै भक्तिको द्वार हो र यस्तो अगाध प्रेम मात्र भक्ति बन्न सक्दछ ।

प्रकृतिको समग्र तत्त्व सूक्ष्म परमाणुदेखि विशाल ब्रह्माण्डसम्म प्रत्येक वस्तु, भाव वा विषयलाई समान देख्नु, आफूसरह ठान्नु र आफै सरह सम्मान गर्नु पनि एक थरी प्रेम वा भक्ति हो मेरो दृष्टिमा । के तपाईंले यस्तो अगाध प्रेम कतै देख्नु भएको छ ? छ भने यही नै भक्तिको मार्ग हो ।

सम्बन्धित समाचारहरु