महिला फुटबलमा नेपालको सानदार जित, इरान ३ गोलले पराजित

महिला फुटबलमा नेपालको सानदार जित, इरान ३ गोलले पराजित


काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा नेपालले सानदार जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले ईरानलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै सानदार जित निकालेको हो । नेपालको लागि सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् ।

अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भएको हो ।

जितसँगै नेपाल आफ्नो समूहको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ । शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो । तर दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै उच्च मनोबल बनाएको थियो ।

भारत र म्यानमारबीचको खेल पनि आजै हुदैंछ । आज राति ७ बजेर १५ मिनेटमा सुरु हुदैछ । भारत पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । तर भारतले म्यानमारलाई फराकिलो गोलले पराजित गरे गोल फरकको आधारमा फाइनल प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।

Logo