डीपीएल: घरेलु टिम धनगढीको लगातार तेस्रो हार

डीपीएल: घरेलु टिम धनगढीको लगातार तेस्रो हार


धनगढी प्रिमियर लिग (डीपीएल)मा घरेलु टिमले लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा विराटनगरले धनगढीलाई २१ रनले पराजित गरेको हो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय तीन रन बनायो ।

जवाफमा धनगढी १८ ओभर ५ बलमा ८२ रनमा अलआउट भयो । फितलो ब्याटिङ गरेको धनगढीको ब्याटिङ आज पनि कमजोर बन्यो । नौ रन बनाउदा दुई विकेट गुमाएको काठमाडौका कुनैपनि खेलाडी विच गतिलो साझेदारी हुने सकेन । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा सन्दिप रजाइलीले ३४ तथा राजु रिजालले १५ रन बनाउदा बाँकी खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । धनगढीलाई कमजोर पार्न करन केसी र अभिनाश यादवले चार चार विकेट लिए । करण केसीको कप्तानीमा विराटनगरको पहिलो जित हो ।

यस अघि धनगढीलाई सिवाइसी अत्तरीयाले ४ रनले पराजित गरेको थियो भने काठमाडौं गोल्डेन्सलेधनगढीलाई चार विकेटले पराजित गरेको थियो । तेश्रो हारपछि धनगढीको प्लेअफको संभावना निकै कठिन भएको छ ।

Logo