प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।  मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार बिहीवार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको छ । सम्बोधनमार्फत् ओलीले सरकारले एक वर्षमा गरेका कामबारे जानकारी गराउने छन् ।

ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

Logo