डीपीएल: काठमाडौंको १३५ रन पछ्याउँदै महेन्द्रनगर

डीपीएल: काठमाडौंको १३५ रन पछ्याउँदै महेन्द्रनगर


धनगढी प्रिमियर लिग (डीपीएल) अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गोल्डन्सले महेन्द्रनगर युनाइटेडलाई  १३५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ५ विकेट गुमाउँदै १३४ रन बनाएको हो ।अंकित डाबसले ६५, योगेन्द्रसिंह कार्कीले २२, ज्ञानेन्द्र मल्लले १४ र महबुब आलमले १३ रन बनाए ।

महेन्द्रनगरका लागि अमर रौटेलाले दुई, मोहम्मद नवीद, अविनास बोहरा र सौरभ ढकालले एक/एक विकेट लिए ।

अहिले महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दैछ ।

Logo