प्रचण्डसँगको फोटो राख्दैं बाबुरामले यसरी सम्झिए जनयुद्ध दिवस

प्रचण्डसँगको फोटो राख्दैं बाबुरामले यसरी सम्झिए जनयुद्ध दिवस


काठमाडौं । सशस्त्र जनयुद्धका सशक्त कमाण्डर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन् । सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै डा. भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना भनेका छन्।

प्रचण्डसँगको तस्बिर पोष्ट गर्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै यसलाई नभुल्न भनेका छन्।

२०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेका भट्टराई र प्रचण्ड अहिले फरक फरक पार्टीका प्रमुख छन्। बाबुराम र प्रचण्डले २०४८ सालदेखि २०५१ सालसम्म संयुक्त जनमोर्चाको शीर्ष स्थानमा रहेर काम गरेका थिए । संयुक्त जनमोर्चाबाट हटाइएपछि उनीहरू २०५२ साल माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४०–सूत्रीय माग पेश गरेर फागुन १ गते सशस्त्र जनयुद्धमा होमिएका थिए।

https://platform.twitter.com/widgets.js

Logo