अन्तर्राष्ट्रिय कण्डम दिवस, यौन सम्बन्धको सबैभन्दा भरपर्दो माध्यम

अन्तर्राष्ट्रिय कण्डम दिवस, यौन सम्बन्धको सबैभन्दा भरपर्दो माध्यम


काठमाडौं । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईँदै छ । सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउने उद्देश्यसहित आज विश्वभर कण्डम दिवस मनाईन लागेको हो ।

हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ । कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो । यसले सुरक्षित यौन सम्पर्क गराउनमा मद्दत पुर्‍याउनुका साथै यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ ।

कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ । कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहन्छन् । सामान्यतया यसले पुरै सत प्रतिशत काम गर्ने बताईएको छ । तर यौन सम्बन्धको बेला फुट्न सक्ने हुँदा केही जोमिख भने कायमै रहन्छ । यस्तै कण्डमको प्रयोगले एचआइभी एड्स जस्ता भयानक रोगबाट पनि जोगाउँछ ।

यौन सम्पर्कको समयमा फुट्ने, चिप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ । प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउनु पर्ने हुन्छ ।

पुरुष कण्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसल लगायत खुद्रा पसलहरुमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क प्राप्त गर्न सकिन्छ ।

महिला कण्डमको पनि विकासः


कण्डम भन्ने विक्तिकै हामी पुरुषहरुले प्रयोग गर्ने अस्थायी साधन मात्र बझ्दछौं । तर आजभोली बजारमा महिला कण्डम पनि आईसकेको छ । पुरुष कण्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एचआईभी सङ्क्रमण हुनबाट बचाउँछ ।

यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । नेपालमा महिला कण्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध पाईन्छ । यो पुरुष कण्डमको तुलनामा अलि महंगो हुन्छ ।

यसको प्रयोग एकदमै सरल र सजिलो छ यौन सम्पर्कको समयमा महिलाले यो योनि भित्र लगाउनु पर्ने हुन्छ । यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन । सामान्य पुरुष कण्डमको तुलनामा यसको मुल्य धेरै पर्ने भएकाले यो विकसित देशहरुमा मात्र बढि प्रयोगमा आएको छ ।

Skip This
Logo