यो वर्ष एसईईको परीक्षा प्रदेशले गर्ने, प्रश्नपत्र फरक-फरक हुने

यो वर्ष एसईईको परीक्षा प्रदेशले गर्ने, प्रश्नपत्र फरक-फरक हुने


काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ । शिक्षा ऐन आठौँ (संशोाधन) ले गरेको व्यवस्था बमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेड वृद्धिका लागि ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । सातवटै प्रदेशका लागि छुट्टाछ्ट्टै प्रश्नपत्रको सेट तयारी हुने र उत्तरपुस्तिका प्रदेश आफैंले छापिसकेको पौडेलको भनाई छ ।

पाठ्यक्रममै आधारित प्रश्नपत्रको स्तर एउटै हुने तर सेट भने फरकफरक हुने भन्दै फागुन १ देखि प्रश्नपत्र छपाइ कार्य कडा सुरक्षामा सुरु हुने पौडेलले बताए । नागरिक दैनिकमा खबर छ ।

Logo