बीएस राणाको १२ औं दिनको पुण्य तिथिमा भक्कानिएर कलाकार (भिडियोमा)

बीएस राणाको १२ औं दिनको पुण्य तिथिमा भक्कानिएर कलाकार (भिडियोमा)


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको मंगलबार १२ दिन पुगेको छ । १२ औँ दिनको पुण्य तिथिमा धेरै कलाकारहरुको उपस्थिति रहेको थियो ।

१२ औँ दिनको पुण्य तिथिमा उपस्थित भएका कलाकारहरुले उनको मृत आत्माले शान्ती पोओस् भन्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । माघ १७ गते उपचारको क्रममा काठमाडौंस्थित टिचिङ अस्पतालमा उनको निधन भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् ।

उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । उनको मृत शरिरलाई छारीले पशुपति आर्यघाटमा दागबत्ति दिएकी थिईन्। थप भिडियोमाः

Logo