केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

सहसचिवहरुको समायोजनदेखि प्रधानमन्त्रीको प्रहारसम्म

सहसचिवहरुको समायोजनदेखि प्रधानमन्त्रीको प्रहारसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

संसद बैठकमा कसले के भने ?

तिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकाँश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरे- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रेटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरि फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजादै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको दाबी उनले गरे ।

नेकपा र कांग्रेसले अवसरको सदुपयोग गर्न सकेन, अब राजतन्त्र फर्किन सक्छ- राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा राजतन्त्र फर्किन सक्ने घोषणा गरेका छन् । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गर्दै उनले भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो। दुवै असफल भए। उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन्।’

कारागारबाट ६ कैदीबन्दी फरार

रूपन्देहीको भैरहवास्थित बाल कारागारबाट ६ जना कैदीबन्दी फरार भएका छन्। सोमबार राति उनीहरु फरार भएका हुन् । फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी बन्दी फरार रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ। गृहकी प्रमुख सुभद्रा गौतम कोठाको झ्याल फोडेर भान्सा कोठा हुदै तारे जाँलीले घेरिएको गेट र शुरक्षामा रहेका प्रहरीको आँखा छिचोलेर फरार भएको बताईन ।

गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ

गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको रु १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको सो प्रतिवेदनले देखाएको छ ।

प्रहरी विधेयक सर्वसम्मतिले अनुमोदन

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ ।

साढे ३३ किलो सुनकाण्डमा मुछिएका थप २ न्यायाधीशमाथि छानविन सुरु

न्याय परिषद्ले थप दुई न्यायाधीशमाथि छानविन थालेको छ । साढे ३३ किलो सुनकाण्डमा साधारण तारेखमा अभियुक्त छुटाउन आदेश दिने विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जगत पाण्डे र साधुराम सापकोटालाई न्याय परिषद्मा तानेर छानविन थालिएको हो ।

औंठी साट्दै वर्षा र संजोगले जुराए संयुक्त नाम ‘सन्सा’

युनिभर्सल पावरलाई किन पत्याएनन् लगानीकर्ताले ?

शिवमले मूल्य घटाएर आपीओ जारी गर्ने, मकवानपुरबासीलाई थप फाइदा

रोजगार संयोजकको प्रारम्भिक नामावली सार्वजनिक (नतिजासहित)

वडाध्यक्ष कुमाल थुनामा

१४ वर्षीय बालकको हत्या

विवाह गर्ने जोडी नपाउँदा समस्या

राष्ट्रियसभा बैठक: छलफलमा प्लास्टिक उन्मुलनदेखि शिक्षा आयोगको प्रतिवेदनसम्म

६ सय ६२ सहसचिवको समायोजन

राप्रपाको मेची–महाकाली यात्रा गर्ने

सिरियामा हवाई आक्रमण, ७० जना हताहत

भारतको होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo