उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन


उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवकी बुहारी मनिषा यादवको आज निधन भएको हो ।

क्यान्सर पीडित मनिषाको उपचारको क्रममा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो ।

बिहेलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो । डाक्टरले लामो समयसम्म बाँच्न नसक्ने भनेपछि उनलाई आठ महिनाअघि नेपाल ल्याएको थियो ।

काठमाडौंमा उनलाई घरमै राखिएको थियो । ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । २०७२ वैशाख २९ गते सप्तरी बथनाह–१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषाको छोरा अमरेन्द्र यादवसँग विवाह भएको थियो । उनीहरुको दुई वर्षकी एक छोरी छन् ।

Skip This
Logo