हनिमुनलाई अविस्मरणीय बनाउने ५ टिप्स

हनिमुनलाई अविस्मरणीय बनाउने ५ टिप्स


अहिले बिबाहको मौसम छ । बिवाहपछि हनिमुन जाने चलन छ । मंसिर, माघ र फागुनमा बिवाह हुने भएकोले जाडोयाममा हनिमुन जाने मौका पाउँछन् ।

जाडोयाम हनिमुन जानेहरुको लागि उपयुक्त मानिन्छ । हनिमुन जाने भन्ने वित्तिकै रोमान्टिक मौसम, उपयुक्त गन्तव्य, सुन्दर र शान्त वातावरणको कुरा आउँछ । किनभने यि कुराहरुले हनिमुन कपलहरुलाई मुड बनाइदिन्छ ।

मनोविज्ञ र समाजशास्त्रहरु पनि हनिमुनलाई जरुरी ठान्छन् । हनिमुन प्रेम र यौनको समिश्रण हो । हनिमुन नयाँ जीवनको सुरुवात हो । नवबिवाहिता जोडीहरुको लागि सुखद यौन सम्बन्ध, एकान्तमा एकअर्काको भावना साटासाट गर्ने एक बाहाना हो । हनिमुनले उनीहरुलाई भावनात्मक रुपमा नजिक्याउन पनि सहयोग गर्छ ।

हनिमुन बैवाहिक बन्धनमा बाँधिएका जोडीहरुको लागि एक महत्वपुर्ण पल हो । सामजिक रीति–रिवाज, अस्तव्यस्त दिनचर्या, बिवाहको भिडभाड यस्तोमा नवबिवाहिता दम्पतीको लागि हनिमुन एकदमै जरुरी र महत्वपुर्ण हुुन्छ । हनिमुन लभ म्यारिज गर्नेलाई भन्दा एरेञ्ज म्यारिज गर्नेलाई अझ बढि जरुरी हुन्छ । यतिबेला उनीहरुको एक अर्काको बारेमा बुझ्ने मौका हो । नवबिवाहिता दम्पतीलाई एक अर्काको बारेमा जान्ने बुझने त्यो भन्दा पनि एक अर्कासँग ‘एडजस्ट’ हुने अवसर हो । हनिमुन लामो समयको थकान मेटाएर आराम गर्ने र रिफ्रेस हुने अवसर पनि हो ।

हनिमुन दाम्पत्य जीवन सुमधुर एवं प्रगाढ बनाउने महत्वपुर्ण समय हो । बिवाह हरेकको लागि एक सुन्दर सपना हो । वास्तवमा हनिमुन भावी जीवनको लागि सुखद र मिठो याद बनाउनको लागि पनि महत्वपुर्ण हुन्छ । नवबिवाहिता जोडीको लागि बिवाहपश्चात रमणिय ठाउँमा पुगेर भबिष्यको योजना समेत बनाउने उपयुक्त समय हो ।

 

हनिमुन जानुको ५ फाइदा

१. एकअर्कासँग समय विताउँदा एकले अर्कालाई थप राम्ररी बुझ्ने मौका पाइन्छ ।

२. एकअर्काको स्वभाव बुझ्ने मौका पाइन्छ । दुईजना बिच शारिरीक र मानसिक लगाब बढाउन सहयोग गर्छ ।

३. एक अर्काको रुची चाहाना आकंक्षा बुझ्ने मौका पाइन्छ । साथै एक अर्काबिच भरोसा कायम गर्ने उपयुक्त समय पनि हो ।

४. घरपरिवारबाट टाढा रहेर घर व्यवहारको योजना बनाउन सकिन्छ । साथै भबिष्यको योजना बनाउन सकिन्छ ।

५. बिवाहको थकान मेट्ने अवसर भएकोले हनिमुन जानु भनेको रिफ्रेस हुने मौका हो । जँहाबाट फर्केर तपाई तनावमुक्त भएर नयाँ जीवन सुरु गर्नु सक्नुहुनेछ ।

हनिमुनलाई रोचक बनाउने ५ कुरा

१. माहौलको रोमान्टिक बनाउने

हनिमुनको समयमा एक अर्कासँग समय विताउने अवसर हो । यस अवसरलाई रोमान्टिक बनाउन बिशेष ध्यान दिनुपर्छ । एक अर्का प्रति प्रेम बढाउनको लागि होटलको रुममा गुलाबको फुल, मैनबत्ति आदिले सजाउनुहोस् ।

२. प्राइभेट डिनर

हनिमुनमा आफ्नो पार्टनरसँग प्राइभेट डिनरको योजना बनाउनुहोस् । कुनै एकान्त ठाउँमा खाना खानेको प्रबन्ध मिलाउनुहोस् । हनिमुनको क्रममा यो यादगार र अवस्मिरणीय पल हुनेछ ।

३. पार्टनरको मनपर्ने र मन नपर्ने कुराको ख्याल गर्ने 

हनिमुनको समयलाई बिशेष बनाउनको लागि एक अर्काको मनपर्ने मननपर्ने कुराको ख्याल राख्नु जरुरी हुन्छ । यो सबैभन्दा महत्वपुर्ण समय हो । आफ्नो पार्टनरको बारेमा जान्ने बुझ्ने र उनको इच्छाहरु पुरा गर्ने अवसर पनि हो ।

४. आफ्नो पार्टनरलाई सरप्राइज दिने

हनिमुनको समयमा आफ्नो पार्टनरलाई सरप्राइज दिन सकिन्छ । जसमा कोठाको बिशेष सजावट, क्यान्डिल लाइट डिनर, उनको लागि उपहार, उनीसँग डान्स गर्न सकिन्छ । यो एक महत्वपुर्ण अवसर हो, जसलाई नगुमाउनुहोस् । यो पललाई जीन्दगीभरको लागिस अवस्मिरणीय बनाउन सकिन्छ ।

हनिमुन जानुअघि ख्याल राख्नुपर्ने ५ कुरा

१. मेडिकल किट लान नबिर्सने, यसको जरुरत पर्न सक्छ । किनभने यात्राको क्रममा केहि बिरामी भए प्राथमिक उपचार गर्न मिलोस ।

२. आफ्नो बजेटमा ध्यान दिने । बजेट अनुसारमात्र योजना बनाउनुपर्छ । आफ्नो क्रेडिट कार्डको अलवा नगद रुपैयाँ पनि बोक्न नबिर्सने ।

३. हनिमुन जान लागेको ठाउँको बारेमा पुरै जानकारी लिने । त्यँहाको मौसम, रहनसहन, खर्च आदि सबैकुराको बारेमा जानकारी भएमा त्यहि अनुसारको प्रि–प्लान गर्न सकिन्छ । दुवैको रोजाईमा हनिमुन डेस्टिनेसन रोज्ने ।

४. आफ्नो पार्टनरको लागि सरप्राइज उपहार लग्न नबिर्सनुहोस् । हनिमुन रोमान्टिक बनाउन पहिरनमा बिशेष ध्यान दिने ।

५.प्याकिङ धेरै नगर्ने । चाहिने भन्दा धेरै कपडा नबोक्ने । नत्र समान भारी भएर यात्राको मज्जा लिन पाउनुहुन्न । चाहिने सामनहरु नछुटाउने । हनिमुन जाँदा ज्वेलरी नबोक्दा नै राम्रो हुन्छ । महंगो ज्वेलरी लगाउँदा हराउने डर त छँदै छ, हनिमुनको समयमा इन्जोय पनि गर्न सकिदैन् ।

हनिमुनमा अपनाउनुपर्ने पाँच सावधानी

१. रोमान्सको सुरुवातीमा आफ्नो पार्टनरको भावनाको पुरा ध्यान दिनुपर्छ । उनको इच्छा विपरित जबरजस्ती गर्न हुँदैन । पहिला उनको बिश्वास जित्ने कोसिस गर्नुपर्छ ।

२. यदि श्रीमती गर्भ रोक्न चाहन्छिन भने सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गर्नुपर्छ ।

३. हनिमुनको समयमा आफ्नो पार्टनरको मनमा सेक्सको बारेमा जुन डर पैदा भएको हुन्छ, त्यो डर हटाउने प्रयास गर्नुपर्छ ।

४. धेरै उत्साहित हुनबाट बच्नुहोस् । धेरै उत्तेजनाले आनन्दित बनाउनुको सट्टा पार्टनरप्रति नकारात्मक प्रभाव पार्छ । धैर्यता देखाउनुहोस् ।

५. हनिमुनको समयमा मद्यपान र धुम्रपानबाट टाढै रहनुहोस् । मद्यपानको कारण तपाईको महत्वपुर्ण रात खराब हुन सक्छ ।

Logo