शिवम सिमेन्टले मूल्य घटाएर शेयर निष्काशन गर्ने भएको छ । "/>

शिवमले मूल्य घटाएर आपीओ जारी गर्ने, मकवानपुरबासीलाई थप फाइदा

शिवमले मूल्य घटाएर आपीओ जारी गर्ने, मकवानपुरबासीलाई थप फाइदा


शिवम सिमेन्टले मूल्य घटाएर शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको मूल्यमा घटाएर फागुन ६ गतेदेखि शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको छ  ।   बाँकी रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन गर्न सक्ने छन्।

सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम ४४ लाख कित्ताको लागि आवेदन गर्न सक्ने छन् । आवेदन दिनको छिटोमा फागुन ९ र ढिलोमा चैत्र ५ गतेसम्मको मिति तोकिएको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई १ सय रुपियाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपियाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि सर्वसाधारणलाई ४ सय र स्थानीयलाई ३ सयमा शेयर जारी गर्नको लागि नेपाल धितोबोर्डबाट स्वीकृति लिएको थियो । तर शेयर प्रत्याभूतकर्ताले नमानेपछि शेयर मूल्य घटेको हो ।

तर, कम्पनीले स्थानीयहरुलाई यस अघि नै प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा २ लाख २ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो । यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

स्थानीयको लागि छुट्याइएको शेयर मध्ये बाँकि रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि स्थानीयले पुन आवेदन दिन सक्ने भएका छन् । यस पटक उनीहरुले प्रति कित्ता २ सय मै आवेदन दिन सक्ने छन् । यस अघि स्थानीयको रुपमा आवेदन दिएका र नदिएकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्युनतम ५० कित्ता र अधिकतम  ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिन सक्ने छन्।

यस अघि मकवानपुरबासीलाई प्रतिकित्ता ३ सय रुपैयाँ र सर्बसाधारणलाई ४ सय रुपैयाँमा शेयर बिक्री गर्ने योजना बनाएको थियो।  जस अनुसार कम्पनीले मकवानपुरबासीलाई शेयर निष्काशन गरिसकेको छ ।

तत्कालिन अवस्थामा मकवानपुरबासीलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेकोमा २ लाख २४० कित्ता शेयर मात्र बिक्री भएको थियो । त्यसबेला ३ सय  रुपैंयामा शेयर किन्नेलाई अब थप शेयर पाउने भएको छ ।

Skip This
Logo