भारतको होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

भारतको होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु


भारतको राजधानी नयाँ दिल्ली स्थित  एक करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी भएको छ।

आगलागीमा परि कम्तीमा १७ जनाको मृत्यु भएको छ । होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए ।

आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् । (एजेन्सी)

Logo