#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32082952981217744440823657327
नेपाल678044361741449954

प्रदेशमा दरबन्दी थपः २१ हजार ३ सय ९९ कर्मचारी रहने

काठमाडौं

सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दी थपेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयहरूको अन्तिम टुंगो लगाएको छ । यस अनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दी केही थप भएको जनाएको छ । साथै प्रदेशमा रहने केही सरकारी कार्यालय पनि थपिएको मन्त्रालयको भनाइ छ । यसअघिको प्रारम्भिक रिर्पोटमा सात वटा प्रदेशमा करिब १६ हजार कर्मचारी रहने अनुमान गरिएको थियो । प्रदेशमा रहने केही कार्यालय संघ मातहतमा रहने भएपछि प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दी घटेको मन्त्रालयको भनार्इ थियो तर सर्भेको अन्तिम रिर्पोटमा प्रदेशमा केही कार्यालय थपिएका छन् । प्रदेशमा कार्यालय थपिएपछि कर्मचारीको दरबन्दी पनि थपिएको मन्त्रायको भनाइ छ ।

मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले प्रदेशमा कर्मचारीको दरबन्दी पहिले गरिएको अनुमान भन्दा केही बढेको बताए । उनले भने, ‘ प्रारम्भिक रिर्पोटमा सात वटा प्रदेशमा करिव १६ हजार कर्मचारी रहने अनुमान गरिएको थियो तर तर प्रदेशमा केही कार्यालय थपिने भएपछि प्रदेशमा कार्यरत कर्मचारीका दरबन्दी करिब २२ हजार पुगेको छ ।’

ओएनएमको अन्तिम रिर्पोटमा सातवटै प्रदेशमा कृषि ज्ञान केन्द्र, पशु अध्ययन कार्यालय, खानेपानी कार्यालय, सिंचाइ कार्यालय, पूर्वाधार कार्यालय (स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत) वन कार्यालय, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय रहनेछन् । यसैगरी कृषि, वन, पशु र पूर्वाधारमा एक एक वटा निर्देशनालय पनि रहनेछन् । जसको नेतृत्व उपसचिव सरहका कर्मचारीले गर्ने छन् ।
नागरिकबाट

सम्बन्धित समाचारहरु