दाहसंस्कार गर्न लगिएको शव प्रहरीको नियन्त्रणमा, श्रीमान पक्राउ

दाहसंस्कार गर्न लगिएको शव प्रहरीको नियन्त्रणमा, श्रीमान पक्राउ


महोत्तरी । महोत्तरीमा दाहसंस्कार गर्न लगिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका–८ की २० वर्षीया धनमतीदेवी महतोको दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले हत्याको आशंकामा धनमतीका श्रीमान् र जेठानीलाई पक्राउ गरेको छ ।

आइतबार बिहान ९ बजे स्वाभाविक मृत्यु भएको भन्दै परिवारले दाहसंस्कारको तयारी गरेको थियो । तर, माइतीपक्षले छोरीको हत्या भएको भनी जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

माईतीपक्षबाट छोरीको हत्या भएको भनी जानकारी गराएपछि प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार शवको घाँटीमा चोट तथा पाखुरामा नीलडाम छ ।

प्रहरीसमक्ष प्रारम्भिक बयानमा धनमतीदेवीका पतिले पासो लगाएर आत्महत्या गरेको बताएका थिए । घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको डिएसपी खड्काको भनाई छ । मृतकका एक महिनाका छोरा छन् ।

Logo