केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

नेबिसंघ अध्यक्षको राजीनामादेखि क्रिकेटरको सफलतासम्म

नेबिसंघ अध्यक्षको राजीनामादेखि क्रिकेटरको सफलतासम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सय भन्दा कम कामदार विदेश पठाए म्यानपावर नै खारेज

वर्षमा सयजना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज हुने भएको छ । सरकारले केही नेपाल ऐन मार्फत् वैदेशिक रोजगार ऐनमा संसोधन गरेको संसोधन प्रस्तावमा सो व्यवस्था थप गरिएको छ । त्यस्तै समितिबाट पारित भएको विधेयकमा एकाघरका परिवारबाट संचालित म्यानपावरहरु एक वर्षभित्रै मर्ज भइसक्नुपर्ने नभए स्वतः खारेज हुने व्यवस्था गरिएको छ।

नेबिसंघ अध्यक्ष महरद्वारा राजीनामा

नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । महरले आज पत्रकार सम्मेलन गर्दै पदबाट राजिनामा दिएका हुन् । उनले राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । राजीनामा दिँदै महरले महाधिवेसन सम्पन गराउन तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताए ।

६ लघुबित्तको १६ लाख ७८ हजार कित्ता आइपीओ पाइपलाइनमा

माइक्रोफाइनान्सको आइपीओ भन्नासाथ हुरुक्कै हुनेहरुका लागि सुखद खबर छ । ६ वटा माइक्रोफाइनान्सको आइपीओ बजारमा आउने भएको छ । ती कम्पनीहरुको १६ लाख ७८ हजार ३१८ कित्ता बराबरको आइपीओ बजारमा आउन लागेको हो ।

डीपीएलमा कुन टिम कति बलियो ? (भिडियोसहित)

सर्वाधिक पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट शुरु भएको छ । गत शनिवारदेखि शुरु हुने भनिएको डीपीएल प्रतियोगिता भारी बर्षातका कारण सोमबारलाई सारिएको हो । प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाइसी अत्तरीया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा अक्सनबाट १२÷१२ जना खेलाडी छनौट गरिएको छ भने एक रणनीतिक र २ जना विदेशी खेलाडी रहेका छन् । प्रतियोगिताका विजेतालाई ३० लाख रुपैँया र उपविजेतालाई १२ लाख रुपैँया पुरस्कार प्रदान गरिनेछ ।

भैँसेपाटीको कार्पेट गोदाममा आगलागी

ललितपुरको भैँसेपाटीमा रहेको एउटा फ्याक्ट्रीमा आगलागी भएको छ । डन्लप र कार्पेट गोदाममा आगलागी भएको हो।

गाडी बोक्ने वाइबाको निधन

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कम्युनिकेशन एप्स सञ्चालनमा

प्रधानमन्त्री निवासमा ‘पूर्वपश्चिम रेल’ घन्किएपछि…

ट्रयाक खुलेको बाह्र वर्षमा पनि बनेन सडक

हेलिकोप्टर चढेर गाडी सोरुम उद्घाटन गर्न पुगे मुख्यमन्त्री

धुर्मुस सुन्तलीले मलेसियाबाट उठाए ५० लाख

बगरखेती: हरियाली पनि, गतिलो आम्दानी पनि

प्रचण्डपछि प्रधानमन्त्रीविरुद्ध खनिए माधव नेपाल (भिडियोमा)

घर बनाउन नसक्ने भूकम्पपीडितलाई सहयोग

सावधान ! उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्यो

आतंककारी गतिविधि देशलाई सैह्य नहुने प्रधानमन्त्रीको चेतावनी (भिडियोमा)

बलिउडपछि साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै जान्हवी

उत्तर कोरिया–अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी

नेपालगञ्ज महोत्सवमा अनमोलको क्रेज

आइसिसी वरियतामा पारसको छलाङ्

डीपीएल: काठमाडौँको विजयी सुरूवात

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo