६ लघुबित्तको १६ लाख ७८ हजार कित्ता आइपीओ पाइपलाइनमा

६ लघुबित्तको १६ लाख ७८ हजार कित्ता आइपीओ पाइपलाइनमा


(रामजी बलामी)

माइक्रोफाइनान्सको आइपीओ भन्नासाथ हुरुक्कै हुनेहरुका लागि सुखद खबर छ । ६ वटा माइक्रोफाइनान्सको आइपीओ बजारमा आउने भएको छ । ती कम्पनीहरुको १६ लाख ७८ हजार ३१८ कित्ता बराबरको आइपीओ बजारमा आउन लागेको हो ।

गणपति माइक्रोफाइनान्स

गणपति माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्दैछ । यो कम्पनीले ३ लाख ३५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यो कम्पनीको शेयर व्यवस्थापनको जिम्मेवारी एनआइबीएल एस क्यापिटलले लिएको छ । कम्पनीले आइपीओ जारी गर्नका लागि गत पुस २ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

गुराँस लघुबित्त

त्यस्तै आइपीओ जारी गर्न लागेको अर्काे लघुबित्त कम्पनी हो गुराँस लघुबित्त बित्तीय संस्था लिमिटेड । गुराँसले २ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्न गत पुस १० गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । गुँरासले शेयर व्यवस्थापनको जिम्मेवारी एनआइबीएल एस क्यापिटललाई दिएको छ ।

स्वाभिमान बित्तीय संस्था

त्यस्तै स्वाभिमान बित्तीय संस्था लिमिटेडले पनि आइपीओ जारी गर्न आवेदन दिएको छ । यो लघुबित्तले गत पुस २४ गते धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको जनाएको छ । कम्पनीले एक लाख ९८ हजार ६१० कित्ता आइपीओ जारी गर्न लागेको हो । स्वाभिमानको शेयर व्यवस्थापनको जिम्मेवारी सिद्धार्थ क्यापिटलले लिएको छ । कम्पनीले गत पुस २४ गते आइपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र वोर्डमा आवेदन दिएको थियो ।

जनसेवी लघुबित्त

आइपीओ जारी गर्न लागेको अर्काे लघुबित्त कम्पनी हो जनसेवी लघुबित्त बित्तीय संस्था लिमिटेड । यो लघुबित्तले ४ लाख ६३ हजार ३ सय कित्ता आइपीओ जारी गर्दैछ । जनसेवीले गत पुस २६ गते आइपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र वोर्डमा आवेदन दिएको थियो । यो लघुबित्तको शेयर व्यवस्थापनको जिम्मेवारी एनएमबी क्यापीटलले लिएको छ ।

नेपाल एग्रो लघुबित्त

त्यस्तै आइपीओ पाइपलाइनमा रहेको अर्काे कम्पनी हो नेपाल एग्रो लघुबित्त बित्तीय सस्था लिमिटेड । यो लघुबित्तले एक लाख ६१ हजार ७७८ कित्ता आइपीओ जारी गर्दैछ । कम्पनीले आइपीओ जारी गर्न माघ १० गते धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो । यो कम्पनीको शेयर व्यवस्थापनको जिम्मेवारी नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ ।

स्पर्श लघुबित्त

त्यस्तै स्पर्श लघुबित्त बित्तीय संस्था लिमिटेडले पनि आइपीओ जारी गर्दैछ । कम्पनीले २ लाख ६९ हजार ६३० कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले गत मंसिर २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले शेयर व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटललाई दिएको छ ।

Logo