डीपीएलमा कुन टिम कति बलियो ?(भिडियोमा)

डीपीएलमा कुन टिम कति बलियो ?(भिडियोमा)


सर्वाधिक पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट शुरु भएको छ । गत शनिवारदेखि शुरु हुने भनिएको डीपीएल प्रतियोगिता भारी बर्षातका कारण सोमबारलाई सारिएको थियोे ।

प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाइसी अत्तरीया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा अक्सनबाट १२÷१२ जना खेलाडी छनौट गरिएको छ भने एक रणनीतिक र २ जना विदेशी खेलाडी रहेका छन् ।

प्रतियोगिताका विजेतालाई ३० लाख रुपैँया र उपविजेतालाई १२ लाख रुपैँया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तेश्रो हुनेलाई ४ लाख रुपैंया र चौथो हुनेलाई २ लाख रुपैंया पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा मष्ट भ्यालुएबल प्लेयर, म्यान अफ द म्याच, बेष्ट बलर लगायतलाई समेत पुरस्कार प्रदान गरिने छ ।

क्रिकेटरलाई मात्रै होईन दर्शकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । छक्का हानेको बल बाउन्ड्री बाहिर समाउने दर्शकलाई १० हजार रुपैंया दिने आयोजकले जनाएको छ । त्यस्तै हरेक दिन एक जना दर्शकलाई लक्की ड्रबाट ५ हजार रुपैंयाको नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको अन्तिममा धनगढी क्रिकेट सम्मान र अर्जुन खड्का स्मृति सम्मान पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि ५ हजार जना क्षमताको प्याराफिट निर्माण गरिएको छ भने टिकट दर लिग चरणका लागि ५० रुपैंया, प्ले अफका लागि ७० रपैंया र फाइनलका लागि एक सय रुपैंया तोकिएको छ ।

प्रतियोगिताको सबै खेलहरु फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिताको सद्भावनादूतका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्सलाई नियुक्त गरिएको छ ।

Logo